
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम ल्होसार तामाङ जातीको मात्र नभई राष्ट्रिय पर्व भएको बताउनुभएको छ ।
ल्होसार तथा तामाङ समुदायको नयाँ वर्षको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताउनुभएको हो । उहाँले ल्होसार पर्व बिस्तारै अन्तर्राष्ट्रिय रुपमा समेत फैलिँदै गएको बताउनु भयो । उहाँले ल्होसार एउटा पर्व र मनोरञ्जनको उत्सव मात्र नभई तामाङ जातीको संस्कृतिको संस्कृति र आन्दोलनको प्रतिविम्व भएको समेत बताउनु भयो । ल्होसार पर्वले तामाङ सभ्यता र सांस्कृतिक पहिचान तथा अस्तित्व समेत बोकेको उहाँको भनाइ छ । उहाँले मौलिक एवं परम्परागत चाडपर्वहरुको संरक्षण गर्न जरुरी रहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ल्होसार पर्व तामाङ जातीको मात्र नभई यो नेपालको एक राष्ट्रिय पर्व हो । यो पर्व राष्ट्रिय नभई अन्तर्राष्ट्रिय पर्व पनि हो । विभिन्न देशहरुले यो पर्व मान्दै आएका छन् । नेपाल लगायत विश्वका धेरै देशहरुमा ल्होसारलाई प्रमुख चाडका रुपमा मनाउने गरिन्छ । ल्हो तामाङ परम्परा र संस्कृतिको एक अभिन्न अंग हो । ल्होसारको परिभाषा पर्व र मनोरञ्जनमा मात्र सिमित छैन । यसले तामाङ जातीको संस्कृति र आन्दोलनलाई प्रतिविम्वित गर्दछ । ल्होसार पर्वले तामाङ जातीको उद्गम सभ्यता र संस्कृतिक पहिचान र अस्तित्वलाई समेत बोकेको छ ।’
कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ सरकार मुलुकलाई उज्यालो अभियानमा लागिरहेको बताउनु भयो । उहाँले लगानीको अभावका कारण बत्ती बाल्न नपाएका घरधुरीहरुमा २० दिनभित्र बिजुली पु¥याइदिने दाबी गर्नुभयो । उहाँले पाँच÷१० लाख रुपैयाँको अभावले विद्युतको पहुँचभन्दा टाढा रहेका नागरिक सम्पर्कमा आए २० दिनभित्र विद्युत व्यवस्था गरिदिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तामाङ वा अन्य कुनैपनि समूदायमा देशमा पाँच दश लाख लागत लाग्ने हुँदा बत्ति बाल्न नपाएका दुईतीन घरहरु छन् भने मलाई खबर गर्नुस् । हामी २० दिनभित्रमा घरमा बत्ती बल्ने व्यवस्था गरिदिन्छौं । काभ्रेमा एक ठाउँमा ३२ वटा घर भएको ठाउँमा बत्तिको व्यवस्था छैन रे । सुकुम्बासी वस्तिमा बत्तिको व्यवस्था छैन भन्ने सुनेको छु । त्यसबारे तपाई खोजि गरेर ल्याउनुस् २० दिनभित्रमा त्यहाँ बत्ति बाल्ने व्यवस्था गर्दिन्छु ।’
तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ पर्वको रुपमा धुमधामसँग मनाउने चलन रही आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच