
रोम । यसअघि नै युरोपा लिगको अन्तिम १६ मा पुगिसकेको म्यानचेस्टर युनाइटेडले रोमानियका एफसिसिबीलाई २-० ले पराजित गरेको छ । डिएगो डालोट ६०औं र कोबी मइनुले ६८औं मिनेट गोल गरेपछि बुडापेस्टमा भएको हो । प्रिमियर लिगको अर्को क्लब टोटनहम पनि शीर्ष ८मा रहेर युरोपा लिगको अन्तिम १६ मा पुगेको छ ।
डानी स्कारलेट, डामोला अजयी र माइक मुरको गोलमा टोटनहमले स्विडेनको इल्सबर्गलाई ३-० ले हरायो । लाजियो ब्रागासँग १-० ले पराजित भए पनि १९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । युरोपियन क्लब फुटबलमा च्याम्पियन्स लिगपछि दोस्रो ठूलो प्रतियोगिताको लिग चरण समाप्तिमा समान १९ अंकसहित एथलेटिको बिलबाओ दोस्रो स्थानमा रहेको छ ।
तेस्रो स्थानको युनाइटेडको १८, चौथो टोटनहमको १७ अंक छ । त्यसपछि अंक तालिकाको पाँचौदेखि आठौं स्थानमा क्रमशः इन्ट्राख्ट फ्रायन्कफर्ट, लियोन, ओम्पियाकोज र रेन्जर्स रहेका छन् । अंक तालिकाको नवौंदेखि २४औं स्थानका टोलीले अन्तिम १६ मा प्रवेश गर्न प्ले अफ खेल्ने छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच