
मड्रिड । रियल मड्रिडको लगातार जितको शृंखलामा ब्रेक लागेको छ । शनिबार राती ला लिगा फुटबलमा रेलिगेसन संकटमा रहेको एस्पान्योलसँग रियल १-० ले पराजित भएको हो । रक्षापंक्तिका खेलाडी कार्लोस रोमेरोले खेलको अन्तिम समयमा गोल गर्दै एस्पान्योललाई आश्चर्यजनक जित दिलाउनुभयो । जितसँगै एस्पान्योल रेलिगेसन क्षेत्रभन्दा दुई अंक माथि उक्लिएको छ भने एट्लेटिको मड्रिडले मल्लोर्कालाई २-० ले हराएपछि रियलको अग्रता एक अंकमा झरेको छ । १७औँ स्थानमा उक्लिएको एस्पान्योलले २२ खेलबाट २३ अंक पुर्याएको छ ।
समान खेलबाट शीर्ष स्थानमा रहेको रियलको ४९ अंक छ भने एट्लेटिकोले ४८ अंक पु¥याएको छ । रियलले सबै प्रतियोगितामा पछिल्ला ११ खेलमध्ये १० खेल जितेको थियो । खेलमा रियल हावी भए पनि २१औँ मिनेटमा भिनिसियस जुनियरले गरेको गोललाई केलियन एमबाप्पेले एस्पान्योलका मिडफिल्डर पोल लोजानोमाथि फाउल गरेका कारण मान्यता दिइएन । खेलको अन्तिम पाँच मिनेट बाँकी हुँदा ओमार एल हिलालीको क्रसलाई रोमेरोले भली प्रहार गर्दै गोल गर्नुभयो ।
ला लिगाकै अर्को खेलमा ओस्मान डेम्बेलेले यसै साता दोस्रो हृयाट्रिक गर्नुभयो । उहाँले गत बुधबारमात्रै च्याम्पियन लिगमा हृयाट्रिक गर्नुभएको थियो । डेम्बेलेको अर्को सानदार हृयाट्रिकसँगै लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शनिबार राती ब्रेस्टलाई ५-२ ले पराजित गरेको हो । जितसँगै पिएसजी लिग वानमा शीर्ष अपराजित यात्रा कायम राख्न सफल भएको टोलीले २० खेलबाट ५० अंक पुर्याएको छ । पिएसजी दोस्रो स्थानको ओलम्पिक डे मार्सेइभन्दा १३ अंकले अघि छ भने आठौं स्थानको ब्रेस्ट २८ अंकमा छ ।
ब्रेस्टले खेलको सुरुवातमा पिएसजीलाई निकै दबाबमा राखेको थियो । तर, ब्राडली बार्कोलाको पासमा डेम्बेलेले २९औँ मिनेटमा पिएसजीलाई सुरुवाती अग्रता दिलाउनुभयो । तर, दोस्रो हाफको पाँचौं मिनेटमा रोमान डेल कास्टिलोले केनी लालाको पासमा बराबरी गोल गर्नुभयो । डेम्बेलेले सात मिनेटपछि पिएसजीलाई पुनः अग्रता दिलाउनुभयो । त्यसको पाँच मिनेटपछि डेम्बेलेले हृयाट्रिक पूरा गर्नुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच