
लण्डन । पछिल्लो केही समयदेखि म्यानचेस्टर युनाइटेड निकै खराब लयमा छ । उसले एकपछि अर्को खेलमा पराजय बेहोरिरहेको छ । युनाइटेडले प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग घरेलु मैदानमा २-० को पराजय बेहोरेको छ । जीन-फिलिप माटेटाले दोस्रो हाफमा गरेको दुई गोल नै क्रिस्टल प्यालेसको जितमा पर्याप्त बन्यो । प्यालेसले काउन्टर अट्याकमा खेल नियन्त्रणमा लिएको थियो । माटेटाले ६४औँ र ८९औँ मिनेटमा गोल गर्नुभयो । यो जितको शृंखला मुख्य प्रशिक्षक रुबेन अमोरिमले ‘युनाइटेड सायद क्लब इतिहासकै सबैभन्दा कमजोर टोली’ भनेपछि सुरु भएको थियो ।
युनाइटेडका लागि थप नराम्रा खबर पनि आएका छन् । अर्जेन्टिनी डिफेन्डर लिसान्ड्रो मार्टिनेज बायाँ घुँडाको चोटका कारण मैदानबाट बाहिरिनुपर्यो । अमोरिमको समय अब रासफोर्डबिना नै बित्न सक्ने देखिएको छ । रासफोर्ड एस्टन भिल्लामा जाने खबरहरूमा उल्लेख छ । सम्झौताका लागि उहाँले मेडिकल परीक्षण गरिरहेको खबर छ ।
युनाइटेडले यो सिजन प्रिमियर लिगमा पहिलो १३ घरेलुमध्ये सात खेलमा पराजय भोगेको छ । सन् १८९३-९४ सिजनपछि क्लबले पहिलोपल्ट यस्तो खराब नतिजा हात पारेको हो । अमोरिमको प्रशिक्षणमा पछिल्ला ६ घरेलुमध्ये पाँच खेलमा युनाइटेड पराजित भएको छ । क्रिस्टल प्यालेसले युनाइटेडलाई पछि पार्दै १३औँ स्थानमा झारिदियो । युनाइटेड भने टोटनहृयामभन्दा एक स्थान र दुई अंक अगाडि छ । टोटनहृयामले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिगमा चार खेलको हारको शृंखला तोडेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच