
ललितपुर । दोस्रो संस्करणको गोदावरी नगरपालिकास्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता आज(मंगलबार) बाट सुरु हुँदैछ । श्री ज्ञान कुण्ड युवा क्लब लेलेको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।
अघिल्लो संस्करण फाइभ ए साइड भए पनि यसपाली भने सेभेन ए साइड बनाइएको क्लबका कार्यबाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताउनुभयो । ‘प्रतियोगिता एउटै भए पनि खेलाउने स्थान र तरिका परिवर्तन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘अघिल्लो संस्करण गोदावरीमै गरिए पनि यसपाली ढोलाहिटीस्थित विनायक स्पोट्र्स कम्प्लेक्स गरिन लागिएको छ ।’
आयोजकले तयारी पूरा भएको जानकारी गराउँदै आइतबारै टाइसिट पनि ड्र गरिएको थियो । १७ टिमलाई चारवटा समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा पाँच टिम रहँदा अन्य तीन समूहमा भने चार÷चार टिम रहेका छन् । लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने पत्रकार सम्मेलनमा ज्ञानकुण्ड युवा क्लबका कार्यबाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाभित्रका विद्यालयहरूमा खेलकुदको विकासका लागि क्लबले प्रतियोगिता आयोजना गरेको संकटा क्लबका पूर्वखेलाडी पनि रहनुभएका दीपक श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी, गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष मिलन सिलवालले नगरपालिकाले खेलकुद पूर्वाधारका लागि काम गरिरहेको जानकारी गराउँदै युवा र खेलकुदको क्षेत्रमा काम गर्न आफूहरू सधैँ तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
१७ वटा टिमको समूह विभाजनअनुसार समूह ‘ए’मा इन्द्रेणी स्कुल, टिका भैरव बोर्डिङ स्कुल, एभरेष्ट स्कुल, सूर्य शिक्षा सदन स्कुल रहेका छन् । समूह ‘बी’मा नेवा स्कुल, वशिष्ठ स्कुल, श्री बुद्ध स्कुल टिकाभैरव, सरस्वती स्कुल र सांग्रिला स्कुल रहेका छन् । यसैगरी समूह ‘सी’मा बज्र एकेडेमी, रिदभान स्कुल, अमरकान्ति स्कुल र बाल अंकुर स्कुल परेका छन् ।
समूह ‘डी’मा लिटिल स्टार स्कुल, भीमसेन स्कुल, गंगाजमुना स्कुल र बुद्ध स्कुल बाँडेगाउँ रहेका छन् । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच