
एजेन्सी । सिरी ‘ए’ प्रतिद्वन्द्वी रोमाविरुद्ध ३-१ को जित निकाल्दै एसी मिलान इटालियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राती सान सिएरोमा सम्पन्न क्वाटरफाइनलमा घरेलु टोलीले मिलानलाई जित दिलाउन टमी अब्राहमले दुई र जोआओ फेलिक्सले एक गोल गर्नुभयो । रोमाका लागि आर्टेम डोभ्बिकले गोल फर्काउनुभयो ।
खेलको १६औँ मिनेटमा अब्राहमको गोलमार्फत् मिलानले अग्रता लिएको थियो । ४२औँ मिनेटमा उहाँले टोलीको अग्रता दोब्बर बनाउनुभयो । डोभ्बिकले ५४औँ मिनेटमा गोल गर्दै रोमालाई खेलमा फर्काउने संकेत दिनुभएको थियो । तर, ७१औँ मिनेटमा फेलिक्सले गोल गर्दै मिलानलाई ३–१ को जित दिलाउनुभयो ।
मिलानले सेमिफाइनलमा इन्टर मिलान वा लाजियोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फेलिक्सले मिलानका लागि डेब्यु खेलमै गोल गर्नुभएको हो । उहाँ भर्खरै इंग्लिस क्लब चेल्सीबाट लोनमा मिलान भित्रिनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच