
काठमाडौं । दोस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार अन्तिम प्रि-क्वाटरफाइनल खेलमा आयोजक नेपाल एपिएफ स्कुल, कीर्तिपुर ‘ए’ले जेम्स स्कुल, ललितपुरलाई ५-० गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
एपिएफ स्कुलका लागि विकास बोहोरा र पवन गुरुङले समान २/२ गोल गर्नुभयो भने तेन्जिङ शेर्पाले १ गोल थप्नुभयो । विपक्षी जेम्स स्कुलले भने गोलको कुनै अवसर नै बनाउन सकेन ।
यो खेलमा एपिएफका पारस मिजार प्लेयर अफ द म्याच बन्नुभयो । उहाँलाई आयोजक विद्यालय नेपाल एपिएफ विद्यालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र केसीले ट्रफी प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा नेपाल एपिएफ स्कुल, कीर्तिपुर ‘ए’ र ‘बी’सँगै आठ टिम क्वाटरफाइनल प्रवेश गरेका छन् । क्वाटरफाइनलमा जनसेवा सेकेण्डरी स्कुल, कीर्तिपुर, नेपाल एपिएफ स्कुल, कोहलपुर, सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, ग्रिन भिलेज एजुकेसन फाउण्डेसन स्कुल, कीर्तिपुर, नेपाल पुलिस स्कुल, साँगा र ब्राइट होराइन चिल्ड्रेन्स होम, मातातीर्थले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट एक र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट एक गरेर १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको फाइनल फागुन ८ गते हुनेछ । प्रतियोगिताको विजयी टिमले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रोले २० र तेस्रो टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच