एक सदनका सांसदलाई अर्को सदनले खेद प्रस्ताव पारित गर्नु दुःखद् छ : सांसद पन्त

काठमाडाैं । नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताउनु भयो । उहाँले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने भयो । उहाँले राष्ट्रिय सभा भनेको वृद्धाश्रम नभएको पनि बताउनु भयो । राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले दुई सदनात्मक संसदीय व्यवस्था गरेको छ । यि दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने त्यसले संसदीय व्यवस्थालाई असर गर्दछ । हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रश्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद् हो । यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गर्दछ र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउँछ । राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन । तर राष्ट्रिय सभा भनेको पाकाहरुको सदन हो । त्यो सदनलाई वृद्धाश्रम भनेर हामीले आलोचना र बेइज्जत गर्नु हुँदैन । लोकतन्त्र आफैँमा एउटा सुसंस्कृत प्रणाली हो, यसलाई हामीले एक अर्कोले सम्मान गर्नुपर्छ । अहिले जसरी प्रतिनिधि सभाका एक जना मान्य सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रश्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो । हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिउँ । दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम नगराँै र एकले अर्कालाई सम्मान गर्दै अघि बढौँ ।’

उहाँले दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम गर्न नहुने र एकले अर्कोलाई सम्मान गर्नुपर्ने बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?