
लाहोर । आइसिसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इंग्ल्याण्डलाई ८ रनले पराजित गरेको छ । लाहोरको गद्दाफी स्टेडियममा अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रन बनाएर अलआउट भयो । हारसँगै इंग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ५ विकेट लिनुभयो । ओपनर इब्राहिम जाद्रानले १७७ रनको इनिङ खेल्नुभयो जुन च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर हो । इंग्ल्याण्डका लागि जो रुटले १२० रन बनाए पनि टोलीलाई जित दिलाउन सक्नुभएन ।
अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले इब्राहिम जाद्रानको शतकका आधारमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । जाद्रानले १४६ बलमा १७७ रनको इनिङ खेल्नुभयो । जसमा १२ चौका र ६ छक्का सामेल थिए । समूह ‘बी’ मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र इंग्ल्याण्ड गरी ४ टोली छन् । समूहबाट दुई टोलीमात्र सेमिफाइनल पुग्नेछन् । सबै टोलीले दुई-दुई खेल खेलेपछि दक्षिण अफ्रिका र अष्ट्रेलिया तीन-तीन अंकसहित शीर्ष दुईमा छन् ।
इंग्ल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले दुई अंक जोडेको टोली तेस्रो स्थानमा छ । इंग्ल्याण्डले एक खेल पनि जित्न सकेको छैन, दक्षिण अफ्रिकाविरुद्धको अन्तिम खेल जितेर पनि दुई अंकमात्र जोड्न सक्नेछ । जुन टप २ मा पुग्न पर्याप्त हुने छैन । अर्कोतर्फ अफगानिस्तानले अन्तिम खेलमा अष्ट्रेलियालाई हराएमा टोली सेमिफाइनलमा पुग्नेछ ।
साबिक विजेता पाकिस्तान जितविहीन
साबिक विजेतासमेत रहेको घरेलु टिम पाकिस्तान जितविहीन बन्दै आइसिसी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ । पाकिस्तानले तालिकाअनुसार बिहीबार बंगलादेशविरुद्ध खेल्ने तय थियो । तर, वर्षाका कारण खेल टससमेत नभई रद्द भएसँगै घरेलु टिम जितविहीन बनेको हो ।
समूह ‘ए’ को पुछारमा सीमित बनेको पाकिस्तानले तीन खेल खेल्दा दुई हारसहित एक अंकमात्र जोड्न सक्यो । पाकिस्तान प्रतियोगिताको पहिलो खेलमा न्युजिल्याण्डसँग ६० रनले र दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।
यता, पाकिस्तानसँगै बंगलादेश पनि समूह चरणबाटै बाहिरिएको छ । बंगलादेश समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । यो समूहबाट भारत र न्युजिल्याण्डले भने सेमिफाइनल यात्रा तय गरेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच