
बुटवल । रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ । बिहीबार राति पाँचवटै फ्लड लाइटको परीक्षण भएको हो । स्टेडियममा प्रबन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिनुभयो । अब प्राविधिक पक्षहरू सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने बताउनु भयो ।
निजी क्षेत्रले सुरु गरे पनि स्टेडियम सरकारकै सम्पत्ति भएको उहाँले बताउनुभयो । विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको उहाँको भनाइ थियो । उहाँले खेलकुद जगत्ले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताउनुभयो । बनाउन सुरु गरेको डेढ वर्षमा कामहरू आफूले आँट गरेअनुसार सम्पन्न गरेको उहाँले बताउनुभयो । आइसिसी मापदण्ड अनुसार आवश्यक काम पूरा गरेको उहाँको भनाइ थियो ।
उहाँले भीआईपी बिल्डिङ निर्माणाधीन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्याराफिट बनाउने काम बाँकी रहेको छ । अबको साढे दुई वर्षभित्र २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको स्टेडियम तयार हुन्छ ।’ उहाँले प्रधानमन्त्री कप एक्स्ट्राटेक ओभल स्टेडियममा हुने कुराले थप खुशी भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच