
काठमाडौं । एनसिसी जुनियर चेकमेट चेस प्रतियोगिता २०२५ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सको एडुकेसन एण्ड स्पोट्र्स कमिटीद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्ससँगको सहकार्यमा आयोजित दुर्ईदिने प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ स्कुलका १०१ जना विद्यार्थीले आलोचनात्मक सोचाइ, समस्या समाधान क्षमता र धैर्यता प्रदर्शन गरेका थिए ।
ब्वाइज र गल्र्सलाई कक्षा ३ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म गरी दुर्ई क्याटगोरीमा विभाजन गरिएको थियो । गल्र्स कक्षा ३ देखि ५ सम्मको स्पर्धामा फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठ प्रथम हुनुभयो । सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी शुभानी राना दोस्रो र अन्नपूर्ण सेकेण्डरी स्कुलकी टिस्टिना बस्नेत तेस्रो हुनुभयो । ब्वाइज ३ देखि ५ सम्मको क्याटगोरीमा अन्नपूर्णका युनिश खड्का पहिलो हुनुभयो भने संस्कृति इन्टरनेसनल स्कुलका सम्भव थुलुङ दोस्रो र ग्रिनल्याण्ड स्कुलका सुलभ पन्थी तेस्रो हुनुभएको थियो ।
त्यस्तै, कक्षा ६ देखि ८ सम्मको स्पर्धामा गल्र्सतर्फ मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले उपाधि जित्नुभयो । अन्नपूर्णकी ओजस्वी श्रेष्ठ दोस्रोमा रहनुभयो भने डिभाइन स्कुलकी जेनिशा न्यौपानेले तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो । ब्वाइजतर्फ निसर्ग बाटिका स्कुलका सात्विकमान तुलाधर प्रथम हुनुभयो । निसर्गकै आयन जोशी दोस्रो र एसियन पब्लिक स्कुलका दिपन मैनाली तेस्रो हुनुभएको थियो । निहाना र सात्विकमान हिमालयन चेस एकेडेमीका खेलाडी हुनुहुन्छ ।
स्विस प्रणालीका आधारमा ब्वाइजको ६ राउण्ड र गल्र्सको चार राउण्ड खेल सञ्चालन गरिएको थियो । प्रत्येक खेलको विजेतालाई तीन अंक, बराबरीमा एक अंक र हारमा शून्य अंक प्रदान गरिएको थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र एनसिसी एडुकेसन एण्ड स्पोटर््स कमिटीका प्रमुख रूपक राजवंशीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । चारै स्पर्धाका शीर्ष १० खेलाडीलाई मेडल प्रदान गरिएको थियो ।
खेलाडीहरूको वरीयताका आधारमा अन्नपूर्ण सेकेण्डरी च्याम्पियन भयो । सिद्धार्थ वनस्थली उपविजेता भयो भने निसर्ग बाटिका तेस्रोमा रहृयो । शीर्ष तीनै स्कुललाई ट्रफी प्रदान गरिएको थियो । कलिलै उमेरमा बालबालिकामा आलोचनात्मक सोचाइ, समस्या समाधान गर्ने कौशल र धैर्यताको विकासका लागि बौद्धिक खेलका रूपमा चेसलाई प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको एनसिसी एडुकेसन एण्ड स्पोट्र्स कमिटीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच