
बर्लिन । पेरिस सेन्ट जर्मन (पिएसजी)ले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई २५औँ खेलसम्म पनि कायम राखेको छ । रोजोन पार्कमा भएको खेलमा पिएसजी घरेलु टोली रेनेससँग ४-१ ले पराजित भएको हो । जितसँगै २५ खेलमा ६५ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायम छ । पराजित रेनेस समान खेलबाट २९ अंकका साथ ११औँ स्थानमा छ ।
पिएसजीलाई जित दिलाउन ओस्माने डेम्बेलेले दुई तथा ब्राड्ली बार्कोला र गोन्सालो रोमोसले समान एक गोल गर्नुभयो । रेनेसका लागि लिलियन ब्रासियरले एक गोल फर्काउनुभयो । खेलको २७औँ मिनेटमा बार्कोलाको गोलमार्फत् पिएसजीले अग्रता लिएको थियो ।
५०औँ मिनेटमा रामोसले टोलीको अग्रता दोब्बर बनाउनुभएको थियो । ब्रासियरले ५३औँ मिनेटमा गोल गर्दा खेल २-१ को स्थितिमा आएको थियो । इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई चार-एकको सहज जित दिलाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच