मधेसका महिलाहरुलाई अवसर दिन जरुरी : उपसभामुख राना

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरुलाई अवसर दिन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताउनु भयो । उहाँले जातिय कुराले मधेसमा केही समस्या बढाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले मधेसमा छिटै विवाह गर्ने परम्परा रहेकाले त्यसलाई तोडेर आफ्नै खुट्टामा उभिनसक्ने भएपछि विवाह गर्नुपर्ने बताउनु भयो । जातिको कुरा गर्नेलाई दण्ड दिनुपर्ने बतउनु भयो ।

उपसभामुख रानाले भन्नुभयो, ‘आज मधेसका हरेक महिलालाई अपच्र्युनिटी दिनुपर्छ । अहिले पनि जातिय कुराले हामीलाई समस्या पारेको छ । मधेसमा जातको कारणले गर्दा मधेसमा छिटै बिहे गर्ने चलन छ । अहिले क्रिमिनलाइज भयो भन्ने छ । क्रिमिनलाइज हुन दिनु भएन । जसले जातिको कुरा गर्दछ, उसलाई दण्ड दिनुपर्छ । राम्रोसँग आयोगले, पुलिस प्रशासनले राम्रोसँग केयर गर्नुपर्छ ।’

उपसभामुख रानाले मानवतामा प्रश्न चिन्ह आउने कुराहरु तोड्न जरुरी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?