
रुपन्देही । बुटवल उपमहानगरपालिकाले सामुदायिक परीक्षण मार्फत लुकेर रहेका क्षयरोगीहरुको पत्ता लगाएर उपचारको मापदण्डमा ल्याउने गरी सकारात्मक प्रयास अगाडी बढाएको छ ।
अझै पनि समुदायमा लुकेर रहेका क्षयरोगीले एक जनाले १० जना सम्मलाई सार्ने भएको कारण पहिचान गर्नु अहिलेको जल्दोबल्दो आवश्यकता भएको कारण सोही अनुसार योजना बनाएर आगाडि बढेको हो ।
बुटवल उपमहानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डेका अनुसार गाउँ–गाउँमा र अली बढी प्रभावित क्षेत्रको आंकलन गरी स्वाथ्य स्वयंसेविका मार्फत स्वाथ्य शिविर आयोजना गरी क्षयरोगीहरुलाई पत्ता लगाएर पोषण सहितको उपचारमा जोड दिइएको बताउनु भयो ।
सोमबार विश्व क्षयरोग दिवसको अवसरमा आयोजित सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखा प्रमुख पाण्डेले निःशुल्क परीक्षण शिविर नै सञ्चालन गरेर काम अगाडी बढाइएको बताउनुभयो ।
शाखाका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकलपर्शन मिन प्रसाद खनालका अनुसार गत आर्थिक बर्षमा पालिकाले संभावित जोखिम क्षेत्रको पहिचान गरी २१ वटा स्थानमा शिविर आयोजना गरिएको बताउनु भयो । यो बर्ष पनि पालिकाले १२ देखि १३ स्थानमा र आवश्यकता अनुसार थप विस्तार गर्ने गरी योजना बनाइएको बताउनु भयो।
यसरी संभावित क्षयरोगको लक्षण भएका विरामीको पहिचान वडा टोलमा रहेका स्वाथ्य स्वयंसेविका मार्फत पहिचान गरी पालिका भित्र रहेका विभिन्न प्रयोगशाला र प्रादेशिक प्रयोगशालामा समेत परिक्षणको लागि पठाउने गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको स्वाथ्य चौकीमा व्यवस्था गरिएको नेपालकै पहिलो एआई जडित एक्सरेबाट समेत पहिचान गर्ने काम गरिएको नगरपालिकाले जनाएको छ ।
जसबाट यो बर्ष ६ जना जती विरामी नयाँ पत्ता लागेका थिए । बुटवल उपमहानगरपालिकामा क्षयरोग बिरामी उपचार डट्स सेन्टर १३ वटा सम्पूर्ण स्वास्थ्य संस्था र लुम्बिनी प्रादेशिक अस्पतालमा समेत व्यवस्था गरिएको छ ।
जटिल खालको विरामीको डीआर सेन्टर भने लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै गरिएको छ । निदानात्मक सेवा अन्तर्गत माइक्रोस्कोपिक सेन्टर– बुटवल उपमहानगरपालिका अन्तर्गत ८ स्थानमा, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको छ । जिन एक्सपर्ट सेन्टर लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको छ ।
बुटवल उपमहानगरपालिका आर्थिक बर्ष २०८०/८१ मा क्षयरोगीका विरामीहरु कुल ४ सय ४३ जना दर्ता भएका थिए । चालु आर्थिक बर्षको माघ महिना सम्म २ सय ४० जना विरामी दर्ता भएका छन् । २०८०/८१ मा १३ जना को निधन भएको छ ।
बुटवल उपमहानरपालिकलो क्षयरोग मुक्त अभियान स्वयमसेवकहरुलाई अभिमुखीकरण तथा जोखिम समूहमा परिचालन कार्य गर्दै आएको छ । यस्तै वार्षिक तथा अर्धवार्षिक क्षयरोग समीक्षा तथा छलफल क्षयरोग समिति वडा समिति गठन अभिमुखीकरण र माइक्रोप्लानिङ्ग, समुदायमा क्षयरोग जोखिम समुहहरुमा क्षयरोग खोजपड्ताल र स्वास्थ्य संस्थाको पहुँचबाट टाढा भएका समूहमा घर दैलो तथा स्क्रिनिङ क्याम्प गर्दै आएको नगरपालिकाले जनाएको छ।
एक्सरे एआई प्रविधिको प्रयोग गरी सम्भावित क्षयरोगको खोजपड्ताल कार्यक्रम सञ्चालन गरिएको छ। प्रत्येक वडामा क्षयरोग मुक्त अभियान स्वयंसेवक रहेको तथा समुदायमा सक्रिय खोजपड्तालका लागि परिचालन गरेको छ भने विपन्न तथा कुपोषित बिरामीहरुलाई पोषण सामाग्री वितरण आ गत बर्ष नियमित रुपमा र आ व २०८१/ ०८२ मा २३ जना क्षयरोग बिरामीहरुलाई वितरण समेत गरेको प्रमुख पाण्डेले बताउनु भयो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक कल्पना भुसाल लगायतले बोल्नु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच