
पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको उपाधिनजिक पुगेको छ । मंगलबार राती भएको सेमिफाइनलमा दोस्रो श्रेणीको डुंकर्कलाई ४-२ ले हराउँदै पिएसजी उपाधिनजिक पुगेको हो । पिएसजी खेलमा २-० ले पछि परेको स्थितिमा कमब्याक गर्न सफल भएको हो ।
२७औँ मिनेटमै २-० को अग्रता लिँदा फ्रेन्च फुटबलमा ऐतिहासिक सनसनी मच्चिने संकेत देखिएको थियो । तर, ओस्मान डेम्बेलेको दुई तथा कप्तान माक्र्विन्होस र डेजाइर डुएको समान एक गोलको मद्दतले पिएसजी सानदार पुनरागमन गर्न सफल रहृयो । योसँगै पिएसजीले आगामी मे २४ मा स्टेड डी फ्रान्समा हुने फाइनलका लागि स्थान पक्का गरेको छ ।
डुंकर्कले खेलको सातौं मिनेटमै अग्रता लिएको थियो । २७औँ मिनेटमा डुंकर्कले अर्को आश्चर्यजनक गोल गर्दै अग्रता दोब्बर बनायो । डुंकर्कका समर्थकहरूका लागि यो सपना जस्तै क्षण थियो । उनीहरू आफ्नै क्लबको स्टेडियम उपयुक्त नठहरिएपछि खेल हेरिरहेका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा अक्राफ हकिमीको असिस्टमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई खेलमा फर्काउनुभयो । अब उपाधिका लागि फ्रेन्च महारथिले मे २४ मा कानर र रेइम्सको विजेतासँग खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच