
बेलग्रेड । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३१ को महिला विश्वकपका लागि संयुक्त राज्य अमेरिकामात्र इच्छुक देखिएको बताउनुभएको छ । ‘महिला विश्वकपका लागि अमेरिकाको मात्र बोलपत्र परेको छ भने सन् २०३५ को विश्वकप बेलायतले आयोजना गर्ने बताएको छ,’ उहाँले भन्नुभयो । बेलग्रेडमा आयोजित युइएफए कंग्र्रेसमा बोल्दै इन्फान्टिनोले सन् २०३१ का लागि एकमात्र आशयपत्र संयुक्त राज्य अमेरिका र अन्य केही उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेवियन फुटबल संघ सदस्यहरूबाट र २०३५ युरोपबाट, घरेलु देशहरूबाट भएको बताउनुभयो ।
इन्फान्टिनोले सन् २०३१ मा हुने महिला विश्वकपमा सहभागी हुने टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याउने फिफाको योजना रहेको पनि सुनाउनुभयो । इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका फुटबल संघहरूले गत महिना प्रतियोगिता आयोजनाका लागि इच्छापत्र पेश गर्ने घोषणा गरेपछि बिहीबारको घोषणा आएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३५ का लागि युरोप र अफ्रिकाबाट आउने बोलपत्रलाई मात्र स्वागत गर्ने बताएको थियो भने सन् २०२६ को दोस्रो त्रैमासिकमा हुने फिफा कंग्र्रेसमा आयोजकको पहिचान पक्का हुने बताएको थियो ।
सन् २०२६ को पुरुष विश्वकप मेक्सिको र क्यानडासँग मिलेर आयोजना गरिरहेको संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा महिला विश्वकप फुटबलका लागि पनि सन् २०३१ का लागि दावेदारी पेश गर्ने घोषणा गरेको थियो ।
दक्षिण अफ्रिका र मोरक्को पनि प्रतिस्पर्धामा थिए र अफ्रिकी राष्ट्रहरूलाई पनि बोलपत्र पेश गर्न आमन्त्रित गरिएको थियो तर इन्फान्टिनोको टिप्पणीले उनीहरू अब दौडबाट बाहिर छन् भन्ने देखाउँछ । आगामी महिला विश्वकप सन् २०२७ मा ब्राजिलमा हुनेछ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच