
काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका व्यवसायीहरूसँग बिहीबार बैंककमा भेटवार्ता गर्नुभएको छ । भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गर्दै थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
उहाँले थाई व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक थुप्रै कानुनहरू संशोधन तथा परिमार्जन गरिएकोे साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले नेपालमा लगानीका अवसर र सम्भावनाबारेमा निजी क्षेत्रको धारणा बुझ्न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताउनुभयो । भ्रमण दलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीका लागि सहज वातावरण रहेको भन्दै उत्पादनपछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकाले नेपालमा लगानी गर्दा थाई व्यवसायीले त्यो सम्भावनाबाट फाइदा लिन सक्ने बताउनुभयो ।
उहाँले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराउनुभएको छ । ढकालले भन्नुभयो, ‘नेपाल लगानीका लागि पर्याप्त सम्भावना भएको मुलुक हो । पछिल्लोपटक सरकारले गरेका नीतिगत सुधारले बाहृय लगानीलाई आकर्षित गर्ने अवस्था छ । निजी क्षेत्रतर्फबाट पनि म थाई व्यवसायीलाई लगानीका लागि आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेको छ । नेपाल र थाइल्याण्डबीच बुधबारमात्र दुईवटा सरकारी र छवटा गैरसरकारी गरी आठवटा सम्झौतामा हस्ताक्षर भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच