
नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ । कप्तान हार्दिक पाण्ड्याको अलराउण्ड प्रदर्शनका बाबजुद मुम्बई सुपर जायन्ट्ससँग मुम्बई १२ रनले पराजित भएको हो । यो नतिजासँगै लखनउ चार खेलबाट चार अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।
दुई अंकमा सीमित मुम्बई भने सातौं स्थानमा छ । मुम्बईका सूर्यकुमार यादवले ४३ बलमा सर्वाधिक ६७ रन बनाउनुभयो । नमन धीरले २४ बलमा चार चौका र तीन छक्कासहित ४६ रन बनाउनुभयो । तिलब बर्मा २५ रनमा आउट हुँदा हार्दिक २८ रनमा अविजित रहनुभयो । उहाँले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरे पनि फिनिसिरको भूमिका खेल्न सक्नुभएन । लखनउका सर्दूल ठाकुर, आकाश दीप, आवेश खान र दीग्भेष राठीले समान एक विकेट लिनुभयो ।
त्यसअघि भारतरत्न श्री अटल बिहारी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । लखनउका मिचेल मार्शले सर्वाधिक ६० रन बनाउनुभयो । एडेन माक्ररामले ३८ बलमा दुई चौका र चार छक्कासहित ५३ रन बनाउनुभयो । मुम्बईका कप्तान हार्दिकले सर्वाधिक पाँच विकेट लिनुभयो । ट्रेन्ट बोल्ट, अश्विन कुमार र विग्नेस पथुरको नाममा समान एक विकेट रहृयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच