
काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पोखराले काठमाडौंलाई दुई-शून्य गोलले हराउँदै पहिलो जित निकालेको हो ।
पोखराको जितमा विदेशी खेलाडी स्टेफन समीर बिनोङ र सुदिल राईले गोल गर्नुभएको थियो । बिनोङले २५औँ मिनेटमा साइददोस्तोन जाफरोभको पासमा उत्कृष्ट हेडगोल गर्नुभएको थियो । खेलको ५९औँ मिनेटमा सुदिलले आयुश घलानको पासमा गोल गर्दै पोखराको अग्रता दोब्बर बनाउनुभएको थियो । बिनोङ प्लेयर अफ दी म्याच हुनुभयो ।
बल पोसेसनमा अब्बल देखिएको काडमाडौंको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल हुन सकेन । काठमाडौंका दुईवटा उत्कृष्ट प्रहार बारमा लागेर फर्किएका थिए । तेस्रो खेलमा आएर पहिलो जित निकालेसँगै पोखराले तीन अंक बनाएको छ । पहिलो हार खेपेको काडमाडौंको समान खेलबाट दुई अंक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच