
-चञ्चल कुमार झा
रौतहट । रामनवमीको सुखद अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि रौतहटमा धुमधामका साथ झाँकी सहितका भव्य शोभा यात्रा निकालिएको छ ।
चैत्र शुक्ल नवमी तिथि अर्थात मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्म दिनलाई रामनवमी पर्व आइतवार रौतहट सहित विश्व भरी श्रद्धा भक्तिकासाथ भगवान श्रीरामचन्द्रको पूजा अराधना गरेर मनाइदैँछ ।
भगवान विष्णुको सातौं अवतारको रुपमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्म चैत्र शुक्ल नवमी तिथिकै दिन त्रेतायुगका राजा दशरथ र महारानी कौसल्या देवीको जेष्ठ सुपुत्रका रुपमा अहिलेको भारतको उत्तर प्रदेश स्थित अयोध्यामा भएको थियो । भगवान रामचन्द्रको जन्मदिनको अवसर पारेर रौतहटको सदरमुकाम गौर सहित जिल्ला भरि विभिन्न पूजा पाठ भजन किर्तन गरी मनाइदैँछ ।
सम्पुर्ण हिन्दु युवा गौरवासीको अगुवाइमा सदरमुकाम गौरमा आइतवार हजारौको सहभागितामा रहेका सनातनी भक्तजनहरुले झाँकी सहितको भव्य शोभा यात्रा गौर नगर परिक्रमा गरिएको स्थानिय मोहित गुप्ताले जानकारी दिनुभयो ।
शेभा यात्रामा सहभागी अभिनास केशरीका अनुसार हजारौको संख्यामा गौरको राइसमिलबाट सुरु भएको भगवान श्रीरामको शोभा यात्रा गौर भंसार,नेपाल लज,अदालत, मधेसी क्रान्ति चौक हुँदै नगरपरिक्रमा गरेको थियो ।
भगवान रामको जन्मोत्सवको अवसरमा आज विश्व हिन्दु परिषदले गौरमा रहेको राम मन्दिर नजिक दिपावली मनाउने कार्यक्रम रहेको विश्व हिन्दु परिषद रौतहटका अध्यक्ष राकेश झाले जानकारी गराउनु भएको छ ।
रौतहटको विभिन्न स्थानमा भगवान रामचन्द्रको जन्म भएको रामनवमीको दिनमा रामधुन, र्याली, किर्तन, भजन तथा विभिन्न भक्तिभावमा सज्जिएर भव्यताका साथ रामनवमी मनाउनमा सनातनीहरु व्यस्त रहेका छन् ।
हिजो शनिवार गौरका युवाहरुले गौरमा मोटरसाइकल र्याली समेत निकालेको थियो ।आइतबार रामनवमी पर्वको अवसरमा नगर क्षेत्र भित्र मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा गौर नगरपालिकाले रोक लगाइएकोे छ ।
रामनवमी पर्वको दिन गौर नगरपालिकामा विशाल शोभा यात्रा, झाँकी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकाले मांसाहारी सामग्री तथा मदिराजन्य पदार्थ बिक्री नगरी दिन नगरपालिकाले नगरवासीलाइ अपिल गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच