
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरूद्ध लखनउ सुपर जायन्ट्सले चार रनको रोमाञ्चक जित निकालेको छ। कोलकाताको यो लगातार तेस्रो हार हो। यो जितसँगै लखनउले पाँच खेलबाट ६ अंक बनाएको छ। समान खेल खेलेको कोलकाताको चार अंक छ।
लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा २३४ रनमा समेटिएको हो। कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाउनुभयाे ।
वेंकटेस अय्यरले २९ बलमा आठ चौका र दुई छक्कासहित ४५ रन बनाउनुभयाे ।सुनील नारायण ३० र क्विन्ट डि कक १५ रनमा आउट हुनुभयाे । जितका लागि अन्तिम समयमा रिन्कु सिंहले अविजित १५ बलमा ६ चौका र दुई छक्का हिर्काउँदै ३८ रन जोडे पनि त्यो पर्याप्त भएन।
लखनउका आकाश दीप र शार्दुल ठाकुरले समान दुईदुई विकेट लिनुभयाे । इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङ थालेको लखनउले तीन विकेट गुमाउँदै २३८ रन जोडेको थियो। उसका लागि निकोलस पुरणले सर्वाधिक ८७ रन बनाउनुभयाे । मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ रन बनाए भने एडन माक्ररम ४७ रनमा आउट हुँदा डेभिड मिलर चार रनमा अविजित रहनुभएकाे थियाे ।
कोलकाताका हर्षित रानाले दुई विकेट हात पार्नुभयाे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच