
झापा । नेकपा एमालेको जनपरिचालन अभियान अन्तरगत झापाको दमकमा चैत ३० कोशी प्रदेश स्तरीय जनसभा हुने भएको छ । उक्त सभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माले सम्बोधन गर्नु हुनेछ ।
राजावादी र पुनर्उत्थानवादीले प्रतिगमनको प्रयास गरेको र जनतामा सिर्जना भएको भ्रम चिर्न एमालेले झापामा सभा गर्न लागेको बताइएको छ । प्रधानमन्त्री ओलीको गृहनगर दमकमा हुने सभामा एक लाख मानिस उतार्ने एमालेको तयारी छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका स्थायी कमिटी सदस्य कोशी प्रदेश इञ्चार्ज शेरधन राईले दमकको जनसभा जनताको साझा कार्यक्रम भएको बताउनुभयो ।
‘चैत ३० को कार्यक्रम जनताको मुद्दामा केन्द्रीत कार्यक्रम हो ’ प्रेस चौतारी झापाको ब्यानर आयोजित पत्रकार सम्मेलनमा राईले भन्नुभयो, ‘जनसभा सरकारको कामसँग सम्बन्धित छैन, जनताले आफ्नो बलिदानीबाट प्राप्त गरेको उपलब्धीसँग सम्बन्धित छ, यो जनताको मुद्दा हो ।’
लोकतन्त्र र गणतन्त्रमाथि निरन्तर धावा बोलिरहेका बेला एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनु पर्यो भनेर प्रश्न गर्न सान्दर्भिक नहुने राईको तर्क छ । ‘यो आमजनताको सवाल हो, जनताको सवाल एमालेको सवाल हो, त्यसैले सडकमा आउनु परेको हो’ इञ्चार्ज राईले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सरकारमा छ भनेर एमाले चुपचाप बस्न सक्दैन ।’
स्थानीय पशुहाटमा हुने जनसभाको प्राविधिक काम धमाधम भइरहेको बताउँदै उहाँले झापाबासीलाई चैत ३० गते दमक आउन आव्हानसमेत गर्नुभयो । जनसभाको प्रचारका लागि एमालेले २९ गते मोटरसाइकल र्याली आयोजना गरेको छ ।
दमकबाट सुरु हुने र्याली बाह्रघरे–स्कुलचौन, गौरीगञ्ज, गौरादह हुँदै पाँडाजुँगी पुगेर समापन हुने छ । जनसभा मुल स्टेरिङ कमिटीका संयोजक समेत रहनु भएको राईले तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच