
काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ ।
बुधवार सिभिल अस्पतालमा घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले गत चैत्र १५ गतेको प्रर्दशनका क्रममा घाइते भएका बिरामीहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको हो ।
उहाँले सरकारले घाइतेको उपचार सरकारले गर्ने निर्णय गरिसकेको र सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले आफू सबै घाइतेहरुले निःशुल्क उपचार प्राप्त गरेका छन् की छैनन् भनेर नै निरीक्षण र भेटका लागि पुगेको उल्लेख गर्नुभयो । उहाँले अहिले औषधि बाहिरबाट किनेर ल्याउनुपरेको भएपनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेपछि सरकारले दिने प्रतिवद्धता जनाउनु भयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘जति पनि घाइतेहरु यहाँ आउनु भयो । उहाँहरुको सरकारले उपचार गर्ने भन्ने निर्णय गरिसकेको छ । सरकरको प्रतिवद्धता छ । सबै घाइतेहरुले निःशुल्क उपचार प्राप्त गरे की गरेनन् भनेर नै म हेर्न आएको हो । अहिले बाहिरबाट औषधि किन्नेकुरा आफूले खर्च गरे पनि त्यो खर्च गरेको बिल अस्पतालकामार्फत स्वास्थ्य मन्त्रन्त्रालयमा जान्छ । त्यो बिल बराबरको भुक्तानी सरकारले गर्दछ । आफैँले खर्च गरेको भौचर कसैको छ भने पनि अस्पतालमार्फत यो खर्च फलाना बिरामीको यो उपचारमा भएको हो भनेर अस्पतालले प्रमाणित गरेर दियो भने सरकारले दिन्छ ।’
उपचारपछिको भविष्यका लागि के छ सरकारको योजना भन्ने घाइतेका आफन्तको प्रश्नमा गृहमन्त्री लेखकले घाइतेहरुको उपचारपछिको लागि पनि सरकारले विचार गरिरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच