
काठमाडौं । नेपाल पुलिस क्लबका तीन खेलाडीले भुटानी लिग खेल्ने भएका छन् । नेपाल पुलिस टिमकी डिफेन्डर पूजा राना मगर र मिडफिल्डर बिर्सना चौधरी र सम्झना लावतीले भुटानी लिग खेल्ने हुनुभएको हो ।
तीनैजना खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट लिग खेल्नुहुनेछ । राष्ट्रिय टिमकी समेत स्टार डिफेन्डर रहनुभएकी पूजाले दोस्रोपटक भुटानी लिग खेल्न लाग्नुभएको हो ।
बिर्सना र सम्झनाले भने पहिलोपटक विदेशी लिग खेल्न लागेको पुलिसका प्रशिक्षक भोला सिलवालले जानकारी दिनुभयो । बिर्सना यू-१९ राष्ट्रिय टिमकी सदस्यसमेत हुनुहुन्छ । उहाँहरू आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच