ट्रेड युनियन काँग्रेस रुपन्देहीको अधिवेशन : कमजोर अर्थतन्त्रको मारमा मजदुर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । मुलुकको कमजोर अर्थतन्त्रको मारमा मजदुर परेको बताईएको छ । कमजोर अर्थतन्त्रका कारण अनौपचारिक क्षेत्रका मजदुर मात्रै नभएर ओैपचारिक तथा सरकारी सेवामा रहेकाहरुको समेत तलव तथा पेन्सन रोकिन थालेको मजदुर नेताहरु बताउँछन् ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको शुक्रबार बुटवलमा आयोजित सातौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले खस्किदो अर्थतन्त्रलाई बचाउन र मजदुरहरुको रोजीरोटी नियमित गर्न समेत माग गरे । पेशागत हकहितका लागि मजदुर एकतामा उनीहरुले जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले मजदुर मालिक बिचको मतान्तर विस्तारै खुकुलो हुँदै गएको बताउनु भयो । उहाँले अझै पनि मजदुरका धेरै समस्या रहेको बताउदै समस्या समाधानका लागि मजदुर एकतामा जोड दिनु भयो । मजदुरको समस्या समाधानका लागि नेपाली काँग्रेस ट्रेड युनियनसंग सहकार्य गर्न तयार रहेको भनाई राख्नु भयो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले असंगठित क्षेत्रका मजदुरका समस्या समाधानका लागि पनि ट्रेड युनियन आन्दोलनले भुमिका खेल्नुपर्ने भनाई राख्नुभयो । त्यसको लागि आफ्नो ठाउबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष शोमनाथ गिरीले मजदुरहरुको पेशागत समस्याको लागि आफूहरुको एकतामा जोड दिनु भयो ।

त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काँग्रेस नेता काजिमान श्रेष्ठले ओैपचारिक क्षेत्रमा भन्दा अनौपचारिक क्षेत्रमा रहेका मजदुरको समस्या धेरै रहेको बताउदै उनीहरुका समस्या समाधानमा प्राथमिकता दिनुपर्ने भनाई राख्नु भयो ।

नेपाल ट्रेड युनियन रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्ण वेलवासे, व्यूटिसियन संघकी शान्ति शर्मा, राजकुमार वाग्ले, रुपकुमार रायमाझी, विष्णुमाया राना, सफातुल्ला रजा, हिमबहादुर केसी लगायतले भनाई राख्नु भएको थियो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीमा २० वटा आवद्ध संस्थामा १ हजार ३ सय बढी सदस्य छन् । जसबाट यो अधिवेशनमा ३ सय जना प्रतिनिधि सहभागी भएको ट्रेड युनियन काँग्रेस रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?