विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा पोखरी सफाइ

Read Time = 2 mins

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा भक्तपुरस्थित ख्वप कलेजको वातावरण विज्ञान अध्ययनरत विद्यार्थीले र्‍याली निकालेका छन् । पृथ्वी संरक्षण गर्नुपर्ने समय यही हो, भावी पुस्ताका लागि पृथ्वी बचाऔ, प्रदूषण घटाऔँ, फोहोरमैलाको व्यवस्थापन र रुखको संरक्षण गरौ जस्ता नारा लाउँदै आइतबार र्‍याली निकालेका हुन् ।

कलेजबाट सुरु भएको र्‍याली देकोचा, याछें टोल, सुकुलढोका, पाँचतले मन्दिर, वंशगोपाल चोक भएर भक्तपुर नगर परिक्रमा गरी दूधपाटीमा रहेको भञ्ज्याङ पोखरीमा पुगेको थियो । सहभागीहरूले पोखरी सरसरफाइ गरेका थिए ।

पोखरीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहित अर्को टोली पनि सरसफाइमा जुटेको थियो । कार्यक्रममा भक्तपुर नगरपालिका ५ का वडाध्यक्ष योगेन्द्रमान बिझुक्छे र वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वलगायतका व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।

भाज्य पोखरी नजिकै रहेर पुनः निर्माण भइसकेको रानीपोखरी र सिद्धपोखरी जस्तै पुनःनिर्माणको पर्खाइमा रहेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?