चन्द्र प्रसाईंको ‘किन हुँदैन’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गीतकार चन्द्र प्रसाईं ‘परिष्कृत’को नयाँ गीत ‘किन हुँदैन’ सार्वजनिक भएको छ । सुगम पोख्रेल र संगीता प्रधानको स्वर, शाहस शाक्यको संगीत तथा संगीत संयोजन रहेको राष्ट्रिय भावनाले भरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको मूल मन्त्र भनेको स्वदेश वा विदेश जाँहाबाट पनि नेपालको हितमा काम गर्न सकिन्छ भन्ने हो । गीतमा गीतकार परिष्कृतले नेपाललाई माया गर्न र गर्‍यो भने देशमै सबै सम्भव भएको भावना ब्यक्त गर्नुभएको छ । देश सफल र सबल हुनका लागि एकतामा अडेको दिगो विकास आवस्यक रहेको गीतमा भनिएको छ ।

गीतको आलाप आरसी रिमालले गाउनुभएको छ र कोरसमा शाहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिनुभएको छ । सुरेन्द्र बसेलेको निर्देशन रहेको गीतको भिडियोमा गायक सुगम पोखरेल, ल्यांग्र्री दादा, सीता सुवेदीको मुख्य अभिनय छ । दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । भिडियोको प्रोडक्शन हेड सरोज पोखरेल हुनुहुन्छ, भने निर्माता तेजी प्रसाईं रहनुभएको छ ।

भिडियोमा देशको गौरवको रूपमा रहेको विभिन्न कलासंस्कृतिसमेत प्रस्तुत गरिएको छ । गीतकार संघ नेपालका आजिबन सदस्य गीतकार प्रसाईंकै च्यानल प्रसाईं सन इन्टरटेनमेन्ट टुयुट्बमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?