स्याङ्जा जिप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त (दुर्घटनामा मृत्यु र घाइतेको नामावली सहित)

Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जामा शुक्रबार १४ जनाको मृत्यु हुने गरी भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

वालिङ नगरपालिका–१६ का मतदाता बोकेको ग २ च ३०२६ नम्बरको पिकअप शुक्रबार दुर्घटना हुँदा १४ जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसले दुःख व्यक्त गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा। प्रदिप पराजुलीले जानकारी दिए ।
साथै कांग्रेसका सभापति एवं सम्माननी प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

‘सभापति देउवाले उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै दुर्घटनापरी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ,’ पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा मृत्यु र घाइतेको नामावली

जीप दुर्घटना मानिस मृत्यु तथा घाईते

मिती २०७९।०१।३० गते विहान अं.१०:२० बजे जि.स्याङजा वालिङ न.पा. १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको ग. २ च. ३०२६ नं.को जिप अनियन्त्रित भई सडकबाट अं.५०० मिटर तल खसेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोली खटिई गएको, निम्न घाईते तथा मृतकहरूको विवरण ।

थप अपडेट

निम्न मृतक

१,जि.स्याङजा वालिङ न.पा. १४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन

२,ऐ ऐ बस्ने वर्ष ९ को प्रविण कुवर

३, ऐ ऐ बस्ने वर्ष ५० को कुलदपि कुवर

४, ऐ ऐ बस्ने वर्ष ५० की डेम कुमारी कुवर

५, ऐ ऐ बस्ने वर्ष ८६ की हरीकला कुवर

६, ऐ ऐ बस्ने वर्ष ५० की टेककला कुवर

७, ऐ ऐ बस्ने वर्ष २५ की जमुना कुवर

८, ऐ ऐ बस्ने वर्ष ७० की भिमकला कुवर

९, ऐ ऐ बस्ने वर्ष ७० की मुवा कुमारी कुवर

१० ऐ ऐ बस्ने वर्ष ४३ की पोट कुमारी कुवर

११ ऐ ऐ बस्ने वर्ष ४३ की जानुका कुवर

१२ ऐ ऐ बस्ने वर्ष ४२ की ज्ञान दली कुवर

१३, ऐ ऐ बस्ने वर्ष ५० की मिना कुवर

१४, ऐ ऐ बस्ने वर्ष .........की फुल देवि कुवर

 

 

निम्न घाईते पोखरा गण्डकी मेडिकल कलेज रिफर,सबैको अवस्था गम्भिर :-

१,जि.स्याङजा वालिङ न.पा.१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष नखुलेको बेल माया कुवर

२,चालक ऐ ऐ बस्ने भुल वहादुर कुवर

३,ऐ ऐ बस्ने वर्ष गौमती थापा

४, ऐ ए बस्ने वर्ष ज्ञान माया कुवर

५,ऐ ऐ बस्ने सरस्वती कुवर

६,ऐ ऐ बस्ने कविता कुवर

७, ऐ ऐ बस्ने अनिष कुवर

८,ऐ ऐ बस्ने कुशल कुवर

९,ऐ ऐ बस्ने ज्यामकली कुवर

१०,ऐ ऐ बस्ने कौशल कुवर

११,ऐ ऐ बस्ने सिता कुवर

प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारार्थ :-

१, जि.स्याङजा वालिङ न.पा.१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ५५ को नेत्र वहादुर कुवर,अवस्था मध्यम ।

 

प्रवक्ता / सूचना अधिकारी

प्रहरी नायव उपरीक्षक

रबिन्द्र खनाल

9856000244

जिल्ला प्रहरी कार्यालय स्याङ्जा

मितिः-२०७९।०१।३० गते ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?