काठमाडौं । रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा जारी बहस सकिएको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको थियो ।
इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । उच्च अदालतबाट समेत टुंगिएर सर्वोच्च आइपुगेको उक्त मुद्दाको आज बहस भएको हो ।
उच्च अदालतको फैसला अनुसार हाल कारागार कार्यालय डिल्लीबजारमा जेल सजाय भुक्तान गरिरहेका चौधरीकै पहलमा नागरिक उन्मुक्ति पार्टीसमेत गठन गरिएको छ । रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी उक्त पार्टीको अध्यक्ष हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच