नक्कली भुटानी शरणार्थी प्रकरणलाई याे सरकारले ह्याण्डलमात्रै गरेकाे हाे : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार गरेको विषय नभइएको कुसल रूपमा ह्याण्डलमात्रै गरेको बताउनु भएको छ । शनिबार संसदमा उहाँले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभयो।

‘नक्कली भुटानी शरणार्थी पहिलेदेखि चल्दै आएको रहेछ ।  सरकारले आविष्कार गरेको विषय पनि होइन । ह्याण्डल कसरी गर्ने भन्ने चुनौती थियो । कोही पनि दोषी नछुटुन कोही निदोष नफसुन भन्ने निर्देशन गृह मन्त्रालय माताहतलाई दिएको हो । अहिले पनि त्यही हो,’ उहाँले भन्नुभयो, ‘अब यो विषय अदालतमा पुगेको विषय भयो । अदालतले दूधको दूध पानीको पानी गर्ने कुरामा हामी सबैलाई विश्वास छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?