सेयर बजार उच्च अंकले वृद्धि

Read Time = 1 min

काठमाडौं। चालु साताको पहिलो कारोबार  दिन आइतबार सेयर बजार उच्च अंकले वृद्धि भएको छ ।  नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ ।

२७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ कराेड ४३ लाख ४४ हजार ५६३ रुपैयाँकाे काराेबार भएकाे छ ।

यस दिन दुईवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।  समग्रमा हेर्दा सेयर बजारमा विस्तारै सकारात्मक माहोल देखिएको छ । सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि बढोत्तरी भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

११ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्टस् र आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?