काठमाडौं । दुई र तीनपांग्रे सवारीसाधनको निर्माता टिभिएस मोटर कम्पनीले ओपोलो आल्फा एच १ टायर्स सुसज्जित टिभिएस अपाचे आरआर ३१० मोटरसाइकलमार्फत् नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ ।
२४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौतीका रूपमा कम्पनीले एनएट्र्याक्स (एसियाकै सबैभन्दा लामो हाइस्पिड ट्र्याक–एफएमएससिआईद्वारा प्रमाणित) इन्दौरमा ३,६५७.९२ केएमएसको कीर्तिमान कायम गरेको हो ।
कम्पनीका अनुसार टिभिएस रेसिङद्वारा अद्वितीय ट्र्याक वेपनकारपमा निर्माण गरिएको टिभिएस अपाचे आरआर ३१० असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ ।
एक सय ७३ किलोमिटर प्रतिघण्टाको अधिकतम गति र एक सय ५२ किलोमिटर प्रतिघण्टाको औसत गतिसाथ टिभिएस अपाचे आरआर ३१० ले रेसट्र्याकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनीयता सुदृढ गरेको हो ।
टोलीमा १८ जना चालक सम्मिलित थिए भने तीनवटा टिभिएस अपाचे आरआर ३१० मोटरसाइकलमा रिले गरेका थिए ।
२४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौती जुलाई २, २०२३ मा आइएसटी बिहान १० बजेदेखि सुरु गरिएको थियो । चुनौतीकै एक भागका रूपमा सवारहरूले औसत गति एक सय ५२ किलोमिटर प्रतिघण्टामा कुल तीन सय २२ ल्याप कभर गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच