टिभिएस अपाचेको कीर्तिमान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दुई र तीनपांग्रे सवारीसाधनको निर्माता टिभिएस मोटर कम्पनीले ओपोलो आल्फा एच १ टायर्स सुसज्जित टिभिएस अपाचे आरआर ३१० मोटरसाइकलमार्फत् नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ ।

२४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौतीका रूपमा कम्पनीले एनएट्र्याक्स (एसियाकै सबैभन्दा लामो हाइस्पिड ट्र्याक–एफएमएससिआईद्वारा प्रमाणित) इन्दौरमा ३,६५७.९२ केएमएसको  कीर्तिमान कायम गरेको हो ।

कम्पनीका अनुसार टिभिएस रेसिङद्वारा अद्वितीय ट्र्याक वेपनकारपमा निर्माण गरिएको टिभिएस अपाचे आरआर ३१० असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ ।

एक सय ७३ किलोमिटर प्रतिघण्टाको अधिकतम गति र एक सय ५२ किलोमिटर प्रतिघण्टाको औसत गतिसाथ टिभिएस अपाचे आरआर ३१० ले रेसट्र्याकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनीयता सुदृढ गरेको हो ।

टोलीमा १८ जना चालक सम्मिलित थिए भने तीनवटा टिभिएस अपाचे आरआर ३१० मोटरसाइकलमा रिले गरेका थिए ।

२४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौती जुलाई २, २०२३ मा आइएसटी बिहान १० बजेदेखि  सुरु गरिएको थियो । चुनौतीकै एक भागका रूपमा सवारहरूले औसत गति एक सय ५२ किलोमिटर प्रतिघण्टामा कुल तीन सय २२ ल्याप कभर गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?