राप्रपा अध्यक्ष लिङदेन साउदी अरब प्रस्थान

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गर्नुभएकाे छ ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन साउदी अरब प्रस्थान गर्नुभएकाे हाे ।

सो पार्टीका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आज अपरान्ह साउदी अरबतर्फ प्रस्थान गर्नुभएका लिङदेन नेतृत्वको टोलीमा केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीसमेत सहभागी हुनुहुन्छ ।

अध्यक्ष लिङ्देन भदौ ९ गते साउदी अरबबाट दुबईतर्फ प्रस्थान गर्नै र त्यहाँ रहँदा दुवै देशका नेपाली संघ संस्थाका प्रतिनिधिसँग भेटघाट, अन्तरक्रिया  कार्यक्रममा सहभागी हुने तथा राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसंग छलफल गर्नुहुनेछ ।

‘त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने एवं प्रवासी नेपाली समाजद्वारा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनु हुनेछ’ श्रेष्ठले भन्नुभयाे । उहाँका अनुसार अध्यक्ष लिङदेन भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?