५ लाख नक्कली नोटसहित बाँकेमा तीन पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

नेपालगञ्ज । करिब पाँच लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरू पक्राउ परेका हुन ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्। सो क्रममा उनीहरूबाट १ हजार दरका नक्कली नोट ५६९ थान बरामद भएको छ ।

प्रहरीका अनुसार रानाका साथबाट ४१८ थान र कुमाइका साथबाट १५१ थान नेपाली १ हजारको नक्कली नोट बरामद गरिएको छ। नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेको अवस्थामा तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?