काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिका अगाडी उभिएर आन्दोलन गरिरहेका अभियन्त्रा ईः सँग वार्ता गरी समस्या समाधान गर्न सरकारले पहल लिनुपर्ने बताउनुभएको छ ।
बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले अभियन्ता ईः काठमाडौँ महानगरपालिकासँग विभिन्न माग राखि मेयरको कार्यालय अगाडी उभिइरहेको भन्दै माग सम्बोधन गराउन संघीय सरकारले पनि पहल गर्नुपर्ने बताउनुभएको हो । उहाँले नागरिकको ज्या बचाउने कुरा प्रदेश वा स्थानीय सरकारसँग मात्रै सम्बन्धित नहुने बताउनु भयो । उहाँले अभियन्ताहरुको परिस्थिति जटिल बन्दै गइरहेको उल्लेख गर्दै संघीय सरकारले नगरपालिकाको स्वायत्तता भनेर मात्रै बस्न नमिल्ने बताउनु भयो । उहाँले समस्या समाधानका लागि सरकारले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै सांसद केसीले निरन्तर चिकित्सकहरु कुटिइरहेका भन्दै सरकारको त्यसतर्फ पनि ध्यानाकर्षण गराउनु भयो । उहाँले आन्दोलनरत राहत शिक्षकहको समस्या पनि समाधान गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘एकपछि अर्को गरेर विभिन्न अस्पतालहरुमा डाक्टर कुटिने ओइरो चलिरहेको छ । डाक्टरहरु अहिले सत्याग्रहमा छन् । यतातर्फ सरकारको ध्यानाकर्षण गराऔँ । राहत शिक्षकहरुको समस्या छ । धर्ना बसिराख्नु भएको होला । तिनीहरुको समस्या तुरुन्तै समाधान गर्नुप¥यो । ई अभियान राज्यसँग सरोकार छैन प्रत्यक्ष रुपमा भन्छन्, तर मेरो दृष्टिकोण, मेरो विश्लेषण के छ भनेदेखि राज्यको नागरिकको जिउ, ज्यानसँग सम्बन्धित कुरा प्रदेश र कुनै नगरपालिका र गाउँपालिकाको मात्रै हुन सक्दैन । मैले बुझेको । जुन ढंगको अभियान सञ्चालकहरुको सम्बन्धमा परिस्थिति जटिल भएर गइरहेको छ, त्यतातिर सरकार नगरपालिका अथवा गाउँपालिकाको स्वायत्तता भनेर बस्न मिल्दैन । उसले के गर्न सक्छ त्यता इनिसियटिभ लिनुपर्छ ।’
उहाँले चर्को मुल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्दै सुपथ मूल्यको पसल सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच