मेगा स्टक मार्केट्सलाई कारोबार अनुमति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति पाएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) बाट धितोपत्र दलाल सदस्य नम्बर ७५ र सिडिएस एण्ड क्लियरिङको राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा सुरु गरेको हो ।

कम्पनीका अध्यक्ष प्राडा गोविन्द नेपालको उपस्थितिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शुक्रबार एक कार्यक्रमबीच संयुक्त रूपमा सेवाको शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, सिडिएस एण्ड क्लियरिङ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तथा एनआइएमबी एस क्यापिटलका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीसमेतको उपस्थिति थियो । कम्पनीले सुशासन, नियम परिपालना, उच्च प्रविधि प्रयोगबाट लगानीकर्तालाई छिटो र सरल ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?