अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने हुनुभएको छ ।

नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार राति अमेरिकाको राजधानी वाशिङटन डिसीबाट सिधै काठमाडौं आउनुभएको थियो ।

उहाँले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यद्यपि भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन ।

यस्तै उहाँले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्ने पनि बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?