काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा लाओसलाई १-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । लाओसको वियनतियानेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालका लागि मनिष डाँगीले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ५३औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गर्नुभएको थियो ।
नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए । नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह ‘एच’मा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ । जितपछि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले टोलीको प्रदर्शनले सन्तुष्टि मिलेको प्रतिक्रिया दिनुभयो ।
‘खेलाडीहरूले राम्रो खेल्नुभयोे । यो खेल जित्नैपर्ने थियो । म मेरो टिमप्रति गर्व गर्छु,’ एनिसले भन्नुभयो, ‘उहाँहरूले आफूले सक्ने कोसिस गर्नुभयो । अब हामीसँग अझ प्रतिस्पर्धात्मक खेलहरू छन् । खेलाडीसँग देश र आफ्ना लागि अझ राम्रो गर्ने अवसर छ ।’
गोलकर्ता फरवार्ड मनिष डाँगीले लाओसविरुद्धको खेलमा नेपाली टिम जितको हकदार भएको बताउनुभयो । ‘हामी जितको लायक थियौँ । हामीले प्रशिक्षकलाई पछ्याएका थियौँ । उनलाई हामीले विश्वास गरेका थियौँ,’ मनिषले खेलपछि भन्नुभयो, ‘यो जितको पछाडि धेरै संघर्ष रहेको थियो । हाम्रा खेलाडीहरूले उत्कृष्ट दिनुभयो । हामी जितका हकदार थियौँ । यो जित म कोचलाई समर्पित गर्न चाहन्छु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच