दिल्ली । न्युजिल्याण्डले आइसिसी विश्वकप २०२३ अन्तर्गत अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यस जितसँगै न्युजिल्याण्डले प्रतियोगितामा लगातार चौथो जित दर्ता गराएको छ । न्युजिल्याण्डले यसअघि इंग्ल्याण्डलाई नौ विकेटले पराजित गरेको थियो भने नेदरल्याण्ड्सलाई ९९ तथा बंगलादेशलाई ८ विकेटले हराएको थियो ।
जितका लागि २८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रनको योगदान दिनुभयो । उहाँले ६२ बलमा एक चौकासहित सर्वाधिक ३६ रन बनाउनुभयो । त्यस्तै आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जडान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिबउर रहमान ४ रनमा आउट हुनुभयो ।
न्युजिल्याण्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान तीन/तीन विकेट लिनुभयो भने ट्रेन्ट बोल्टले २ विकेट लिनुभयो । त्यस्तै म्याट हेनरीले १ विकेट झार्नुभयो । त्यसअघि भारतको चेन्नइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८८ रनको योगफल बनायो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिनुभयो । उहाँले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिनुभयो ।
त्यस्तै कप्तान टम लाथमले ६८ रन जोड्नुभयो । उहाँले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाउनुभयो । विल योगले ५४ रन बनाउनुभयो । उहाँ ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट हुनुभयो । रचिन रविन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोड्नुभयो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान दुई/दुई विकेट लिनुभयो । त्यस्तै राशिद खान र मुजिबउर रहमानले समान एक/एक विकेट झार्नुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच