टोटनहृयामका अन्तरिम प्रशिक्षक स्टेलिन बर्खास्त

Read Time = 1 min

काठमाडौं । इंग्लिस क्लब टोटनहृयामले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनलाई बर्खास्त गरेको छ । प्रिमियर लिगअन्तर्गत आइतबार राती न्युक्यासल युनाइटेडसँग ६-१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटनहृयामले अन्तरिम प्रशिक्षक स्टेलिनलाई बर्खास्त गरेको हो ।

स्टेलिनको प्रशिक्षणमा टोटनहृयामले समान एक जित र बराबरी तथा दुई हारको नतिजा निकालेको थियो । फेब्रुअरीमा पित्तथैलीको शल्यक्रियापछि कोन्टे टचलाइनमा नरहँदा स्टेलिनले टोलीको नेतृत्व गर्नुभएको थियो ।

मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेपछि २६ मार्चमा स्टेलिन अन्तरिम प्रशिक्षक नियुक्त हुनुभएको थियो । टोटनहृयामले रायन मेसनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ । यस्तै, टोटनहृयामले टोलीका लागि मुख्य प्रशिक्षकको खोजी गरिरहेको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?