युरोपियन च्याम्पियनसिप खेल्ने खेलाडीलाई बिदाइ

Read Time = 3 mins

काठमाडौं । युरोपियन च्याम्पियनसिप खेल्ने खेलाडीलाई बिदाइ गरिएको छ । टोलीलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सञ्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, सचिव रमेश महर्जन तथा सदस्यत्रय अशोक केसी, गुना गुरुङ र कमल मगरले बिहीबार आयोजित एक कार्यक्रमबीच वसुन्धारामा बिदाइ गर्नुभएको हो ।

उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीनसदस्यीय नेपाली उमा कुङफु टोली इंग्ल्यान्ड जाँदै छ । मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा दुई पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

सञ्जयराज पुतुवारले छाङ छ्वान र वेपन गरी दुई स्पर्धामा प्रतिस्पर्धा गर्नुहुनेछ । यस्तै भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा आफ्नो कौशल प्रदर्शन गर्नुहुनेछ ।

सञ्जय अस्ट्रियामा भएको वल्र्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण विजेता हुनुभएको थियो । यस्तै भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जित्नुभएको थियो ।

अफिसियल तथा जजका रूपमा नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा टोलीसँगै इंग्ल्यान्ड जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय निर्णायक लामाले डेनमार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायत राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसक्नुभएको छ । लामाले तयारी राम्रो भएकाले खेलाडीले तीनै स्पर्धामा स्वर्ण जित्ने अपेक्षा गरिएको बताउनुभयो । भुपेन्द्र शुक्रबार त्यसतर्फ जानुहुनेछ भने बाँकी टोली शनिबार उड्ने कार्यक्रम तय भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?