कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका अन्तरगतका सडकहरुमा स्मार्ट सडकबत्ती जडान भएसंगै मुख्य सडकहरु झिलिमिली बनेका छन् ।
धनगढीको मोहना अत्तरिया ६ लेन सडकखण्डको चौराहा भन्सार सडकखण्डमा बिहिबारदेखि सडकबत्ती बलेसंगै सो सडक पुर्ण रुपमा उज्यालो बनेको छ । मोहनादेखि गेटासम्म पुर्ण रुपमा सडकबत्ती जडान भइसकेको छ । धनगढीको क्याम्पसरोड क्षेत्रमा सडक बत्तीसंगै शहरी क्षेत्रमा जडान गरिएका हाइमास्क लाइटहरुले उपमहानगरको सोभा बढाएको छ ।
धनगढी उपमहानगरपालिकाको क्षेत्रमा पर्ने मोहना अत्तरिया ६ लेन सडकखण्डको पुरै भागमा स्मार्ट सडकबत्ती जडानसंगै धनगढी झिलिमिली बनेको छ । सुदूरपश्चिमका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले सो सडकबत्तीको उद्घाटन गरेसंगै ६ लेन सडक पुर्ण रुपमा उज्यालो भएको हो । यस्तै धनगढीकै क्याम्पसरोड देखि मनेहरा सडकखण्डमासमेत स्मार्ट सडकबत्ती जडान गरिएको छ । सो सडकबत्तीको प्रदेशका पर्यटनमन्त्री रमेश धामीले उद्घाटन गर्नु भएको हो ।
धनगढी उपमहानगरको उज्यालो धनगढी अभियान अन्तर्गत तेश्रो चरणको स्मार्ट सडकबत्ती जडान कार्यक्रम सकिएको हो । सो कार्यक्रम अन्तर्गत धनगढीको मोहना अत्तरिया सडकखण्ड र क्याम्पसचोक मनेहरा सडकखण्डमा स्मार्ट बत्ती जडान भएका हुन् । स्मार्ट बत्ती जडान संगै धनगढीका बिभिन्न शहरी क्षेत्रमा हाईमास्क लाइटहरु समेत जडान भइसकेका छन् । उज्यालो धनगढी अभियान अन्तर्गत उपमहानगरले धनगढीका हरेक वडाका शहरहरुमा हाइमास्क लाइट संगै ब्यापारिक क्षेत्रमा स्मार्ट सडकबत्ती जडान गर्ने छ ।
उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत स्मार्ट स्ट्रिट लाइट धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा यसअघि नै बालिसकेको छ । ८ मिटर स्टील ट्युबलर पोलमा दुई सय १२ थान, १२० वाट लाइन चार सय ३२ थान जडान गरेर बत्ती बाल्ने काम भएको हो ।
धनगढी उपमहानगरपालिकाको ६० तथा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा दुई करोड ६१ लाख ७५ हजार ४६ रुपैयाँ धनगढी र एक करोड ७ लाख ८३ हजार तीन सय ६४ रुपैयाँ प्राधिकरणको गरी धनगढीमा ६ दशमलव ६ किलोमिटरमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको थियो । त्यस्तै १६ मिटर उचाईमा धनगढीमा १५ थान हाइ माष्ट लाइट समेत उपमहानगरको ९७ लाख ४९ हजार ६ सय ४० रुपैयाँको एकल लगानीमा जडान भएर धनगढीलाई उज्यालो बनाउने काम भएको हो ।
त्यस्तै स्मार्ट सडक बत्ती तथा हाइमाष्ट र मिनी माष्ट लाइट जडान उज्यालो धनगढी कार्यक्रम अन्तर्गत उपमहानगर र प्राधिकरणसँगको तेस्रो चरणको सडक बत्ती जडान गर्न २०८० असार १३ गते सम्झौता भएको थियो । सम्झौताअनुसार उपमहानगरको ७० तथा प्राधिकरणको ३० प्रतिशत लागत सहभागिता रहने गरी उक्त कार्यक्रम सञ्चालन भएको थियो। चार करोड ८७ लाख ५९ हजार पाँच सय ९७ रुपैयाँ २५ पैसा अनुमान गरिएको छ । यसका लागि धनगढीले ७० प्रतिशत रकमको ५० प्रतिशत रकमले हुन आउने एक करोड ७० लाख ६५ हजार ८ सय ४५ रुपैयाँ नेपाल विद्युत प्राधिकरण (राष्ट्रिय सडक बत्ती प्रबद्र्धन) कार्यक्रमलाई पठाइएको उपमहानगरले जनाएको छ ।
उज्यालो धनगढी संगै धनगढी उपमहानगरपालिकाले शुन्दर धनगढी बनाउन हरियाली अभियान अन्तर्गत हरेक सडक छेउमा बृक्षारोपण समेत गरेको छ । यस्ता बिभिन्न नयाँ र जनमुखी काम गर्दै चर्चामा रहेको उपमहानगरसंग प्रदेश सरकारले हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ । भौतिक पुर्वाधारका क्षेत्रमा ठुलो बजेट हालेको दावी गर्दै प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले शुन्दर र बिकसित धनगढी बनाउन सधैँ हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश धामीले धनगढीको पर्यटकिय बिकासमा सधैँ हातेमालो गरेर अघी बढ्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।
धनगढी उपमहानगरका यस्ता जनमुखी र धनगढीलाई बिश्वमा चिनाउने अभियानमा नगरबासीको उल्लेख्य सहयोग रहेको छ । उपमहानगरले सडक चौडा गर्दा देखी हरियाली अभियानमा नागरिकको निकै सहकार्य रहेको छ । उज्यालो धनगढी अभियानलाई उपमहानगरबासीले स्वागत गरेका छन् । धनगढीका मुख्य सडकहरु झिलिमिली बन्दा उत्साहित भएका नगरबासीहरुले गाउँ, गाउँ समेत झिलिमिली पार्न आग्रह गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच