काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२३-२५ को कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्का लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीले सपथ ग्रहण तथा प्रमाणपत्रसमेत लिई नियमित कामसमेत सुरु गरिसकेको अवस्थामा पराजित पक्षले संघको नियमित कार्यमा अवरोध गरेको जनाएको छ ।
उपविजयी पक्षले संघको नियमित कार्यमा बाधा पुर्याउने, कार्यालयमा हुलहुज्जत गर्ने, कर्मचारीलाई आफू अनुकूल काम गर्न दबाब दिई मानसिकरूपमा प्रताडित गर्ने, संघको बैंकको खाता बन्द गर्न पत्राचार गर्नेलगायतका अत्यन्त अशोभनीय गतिविधि गरेको संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । हाल सचिवालयका कर्मचारी भौतिकरूपमा कार्यालयमा उपस्थित भएर काम गर्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ । मंगलबार निर्वाचित पदाधिकारीलाई पूर्वमन्त्री महेश बस्नेतको उपस्थितमा बधाई दिने तथा नेकपा एमालेले दशैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि निमन्त्रणा दिने क्रममा उपविजेता राजेन्द्रकुमार शर्मा (आरके) को नेतृत्वमा बुद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगानालगायत संघको कार्यालयमा प्रवेश गरी पूर्वमन्त्री बस्नेतलाई गालीगलौज र हुलदंगालगायतका गतिविधि भएको भन्दै संघले आपत्ति जनाएको छ ।
एनआरएनएद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक पद्धतिमा विजय र पराजय नियमित प्रक्रिया हो तर त्यसलाई स्वीकार्नुको सट्टा संघको २० वर्षको अस्तित्व नै धरापमा पार्ने खालका गतिविधि गर्ने र ८० लाखभन्दा बढी गैरआवासीय नेपालीको शाख गिराउने कार्य गर्नु निन्दनीय छ ।’ निर्वाचनमा धाँधली भयो भन्ने पक्षले गरेको दाबीलाई लिएर अन्तर्राष्ट्रियस्तरको छानबिनका लागि पटक–पटक आहृवान गर्दा पनि छानबिनका लागि तयार नहुने तर स्वघोषित कमिटी गठन गर्ने, अनावश्यकरूपमा आरोप प्रत्यारोपमा उत्रनेलगायतका गतिविधि गर्नु निन्दनीय रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच