मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्लाही क्षेत्र नम्बर(३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

उहाँलाई बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्रीसमेत रहनुभएका नवनिर्वाचित सांसद भरतप्रसाद साहले जानकारी दिनुभयो ।

अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या नौ पुगेको छ । लोसपाका पनि नौ जना सांसद छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?