काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भूकम्पपीडितको उद्धार तथा पुनस्र्थापना कार्यमा जुट्न निर्माण व्यवसायीलाई आहृवान गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भएको ठूलो मानवीय एवं भौतिक क्षतिबाट महासंघ मर्माहत भएको भन्दै भूकम्पमा परेका सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासंघले उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकारलगायतका सम्बन्धित सबै निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
महासंघका महासचिव रोशन दाहालले शनिबार एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिको दुखद् घडीमा समग्र मुलुक नै एक भएर घाइतेको उद्धारमा जुट्न आहृवान गर्नुभएको हो । महासंघले भूकम्प प्रभावित क्षेत्र र सो आसपासमा रहेका निर्माणस्थलका निर्माण कम्पनीलाई यन्त्र उपकरणसहित तत्काल उद्धार तथा पुनस्र्थापना कार्यमा जुट्नसमेत आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच