✍️खिमानन्द आचार्य
गत हप्ता शनिबारको अङ्कबाट क्रमशः
म निद्राबाट बिउँझिएँ । शरीर पसिनै पसिना भएको रहेछ । कल्पना नगरिएको सपना !
मानिसहरू भन्ने गर्छन्, जीवनको उत्तराद्र्धधमा एकलाई अर्कोको आवश्यकता पर्दछ ।
हो तिम्रो सोचाइ, हाम्रो सामाजिक संरचना पनि त्यही हो । ‘कि त मानिसले पढेर जान्नुपर्छ, कि परेर’ भन्छन् । दुवै कुराको अभावमा मानिस कुहिरोको काग । कहाँ जाने दिशाविहीन । बाटो बिराएको यात्री । कुनै पनि आदर्शवान् हिन्दू नारीले आफ्नो श्रीमान्को मृत्युको शब्द सुन्न चाहँदैनन्, तर हररात ‘तँ मरे हुन्छ’ भन्ने शब्दहरू मेरा लागि दूध र भातजस्तो थियो ।’ सय पटकभन्दा त्यो लाग्छ’ भन्ने पहिले सुनेको हुनाले पहिले त डर पनि लाग्थ्यो– त्यस्ता दुर्वाच्यहरू अब त हजार पुगे होलान् । ‘काल नआइकन बाघले पनि खाँदैन’ भन्ने साँचो रहेछ ।
त्यस्तै हुनुको रहस्य पनि त होला । बुढेसकालमा त सारा मनमुटाव मेटिनुपर्ने । आफू शून्य तर विशाल आकांक्षा राख्ने निकम्माहरू आफू त्यस्तो हुनुको रहस्य पनि त होला । बुढेसकालमा त सारा मनमुटाव मात्र होइन, अरूको सुन्दर भविष्य समेत चकनाचूर पारिदिन्छन् । भनिन्छ–अज्ञानीले प्रशंसा पायो भने आफूले टेकेको धरातल भुल्दछ । निर्विवेकी र ज्ञानहीन मानिस पशुसमान हुन्छ । त्यो त म पनि मान्छु ।
त्यो सपना थियो या विपना-ऊ भन्दैथियो । केही नबोली हेरिरहने र सुनिरहने बानी–जसले गर्दा आफ्नो विचार र दर्शन च्यातेर टुक्रा–टुक्रा पर्दासमेत नबोल्नुको कारण जेसुकै सोच र आदर्शवान् बन्न खोजे पनि-तँ घरमा होइन, जंगलमा बसेको प्रतीत हुन्छ । अमरत्व कसैले प्राप्त गर्न सकेको छैन । अन्तरआत्मामा लागेको चोटले आँसु बगाएर सुक्न थाल्दा पनि तँ चुपचाप छस् । अन्याय सहनु पनि पाप हो । आत्मज्ञानको अभाव वा पागलपनको प्रभावले पनि मानिस पशुसमान हुन्छ । म ज्ञानको द्रष्टा हुँ, भूत, वर्तमान, भविष्यद्रष्टा मै हुँ । त्यसैले जे सुनिरहेको छस्, त्यो सत्य हो । जे देख्छस्, भोग्छस्, त्यो पनि सत्य हो ।
केही नजान्नेले केही जान्दा, केही नपाउनेले केही पाउँदा आफ्नो जीवनमार्ग नै भुल्दछ ।
काकीको जागिर आया-आया-आया-स्कुलमा ।
त्यो सपना थियो या विपना-ऊ भन्दैथियो । केही नबोली हेरिरहने र सुनिरहने बानी- जसले गर्दा आफ्नो विचार र दर्शन च्यातेर टुक्रा-टुक्रा पर्दासमेत नबोल्नुको कारण जेसुकै सोच र आदर्शवान् बन्न खोजे पनि-घरमा होइन, जंगलमा बसेको प्रतीत हुन्छ ।
‘किन तिमी शङ्काको दृष्टिले हेर्छौ ? म घरबाट निक्ल्यो कि मेरो चियोचर्चो गर्नुपर्ने ? म बाटोमा कसैसँग बोल्न, सँगै हिँड्न नहुने ? बिना काम गएको छैन । कमाएर ल्याएकी छु र न भुँडी भर्न पाइएको छ । धन्न काम पाइयो । यदि त्यही काम पनि नभएको भए भोकभोकै मर्नुपर्ने थियो । किन बुद्धि नपलाएको हो तिम्रो। अस्ताउन लागेको घाम भएपछि केको कचकच .... । म पोइला हिँडेकी छैन क्यारे । हरे शिव, मेरो कर्म । काम न काजको मूढो पाल्नु परेको छ, किन काल पनि नआएको होला यसलाई । यस्ता त बाँच्नुभन्दा त मर्नु बेस । एउटा ज्यान त हो, जहाँ गएर पनि पाल्थेँ । ऊ रमोलाको श्रीमान् कति जाती । जहाँ गए पनि कहाँ गएको भनेर कहिले सोध्दैनन् । जता मन लाग्यो उतै....। मर्न नसकेर बाँचेको छ, तैपनि मेरो चियो चर्चो नगरी बस्न नसक्ने । कुन जन्मको पापले गर्दा यो मुढासँग बिहे भएछ कुन्नि ?’ मेरा बाबुआमाको कत्रो नाउँ कत्रो गाउँ, म छोरीलाई के खाऊँ के लाऊँ।’ यो उमेरमै सबै मनका तिर्सनाहरूलाई मार्नुपर्ने भयो । घरभित्र पस्यो कि सबै अन्धकार ।’
‘भो-भो अब, ज्यादै भयो । अब उज्यालोतर्फ लागे हुन्छ । तँ मबिना बाँच्न सक्छेस् भने म पनि तँबिना बाँच्न सक्छु । याद गर्नू-पछि माइतीको खोरिया फाँडेर बस्नुपर्ला । आज जसले गुलियो वचनले सुस्मृतिको भविष्य बोकाएजस्तो भान भएको छ, त्यो काँचको महल जस्तै होला । कसैको सस्तो मखमलको बिछ्यौना पछि भत्भत पोलेर नजिक पर्न पनि नसकिएला । कोही कसैका लागि सती जाँदैन, जसरी आज अन्धो बनेर मनमा लागेका कत्लाहरू उक्काउँदै पागल बनिएको छ, पछि तिनै कत्लामा आगो सल्केर जिन्दगीभर समाजका अगाडि टाढिरहनुपर्ला । सामाजिक प्रतिष्ठा, सच्चरित्रता, बजारमा किन्न पाइँदैन । पैसा नै सबैथोक होइन । मप्रतिको अनास्थाले एक दिन भष्म पार्ला । अमानवीयताको पराकाष्ठा नाघेर दुर्वाच्यहरूले पोल्नुभन्दा आफ्नो छुट्टै संसार निर्माण गर्नु अति वेश होला । शायद कुलीनताको परिचय पनि त्यही होला । जहाँ घमण्ड र उन्माद सिवाय अरू केही पलाउन सक्दैन भने-केका लागि एउटै छानामुनि बस्नु ।’
‘हरेक मानिसमा केही पूर्णता र अपूर्णता हुन्छ । जुनेली रातको चन्द्रमालाई आफ्नै आँगनमा मात्र लागेको देख्नु मानिसको भूल हो । त्यो सपनामा मात्र पूरा हुन्छ । जीवनरूपी यात्रामा अनन्त राम्रा-नराम्रा दिनहरू आउँछन्, कति सुगन्धित लाग्ने फूलहरू भेटिन्छन्- भमराहरू नाच्छन्, ती सबै आफ्ना हुँदैनन् । त्यही कुरा छुट्याउन सक्नु हाम्रो बुद्धिमत्ता हो । कसैले अनायासै तिम्रो आँखा राम्रो अनुहार राम्रो, बानी राम्रो, हेराइ राम्रो, जीउडाल राम्रो राम्रो राम्रो, तिमी स्वर्गकी परीभन्दा पनि राम्री, म त के नै राम्रो भन्यो भने उसले जीवनसाथी बनाउन भनेको होइन भन्ने समेत बुझ्न नसक्ने धेरै कमजोर आत्माहरू जीवनमा असफल हुन्छन् ।’
कुरा के भने, जब दुवै छोरीहरू बिहे गरेर आफ्ना आफ्ना घरतर्फ लागे, छोरा बोर्डर्स । त्यसपछि दिनरात मसँग झगडा सिवाय केही गरिन । त्यसो गर्नुको साटो आफ्नो इच्छा लागेको गरेर हिँडेको भए त्यति दुःख लाग्ने थिएन । पोल्नु पोलेर हिँडी । शायद उसले बोलेका दुर्वाच्यहरूले शब्दकोषमा समेत स्थान पाउँन सक्दैनन् । ती शब्दहरू हाम्रो समाजले पचाउन सक्दैन । उसको नीचताको पराकाष्ठा नै थियो । शायद उसलाई उसका बाबुआमाले बाटोमा भेटाएर ल्याएका थिए; काम गर्नका लागि गोठमा नै राखेका थिए । सामाजिक बन्धन र मान मर्यादा उसको लागि केही थिएन । क्रमशः
कथा : गलत निर्णय
थप सामग्री : https://ehimalayatimes.com/2024/02/199785/
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच