इलामको फाकफोकथुममा ज्ञानदिलदास साहित्यिक सम्मेलन हुँदै

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 7 mins

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा ज्ञानदिलदास साहित्यिक सम्मेलन हुने भएको छ । आगामी फागुन ११ र १२ गते गाँउपालिकाको केन्द्र आमचोकमा साहित्यिक सम्मेलन हुन लागेको हो । सम्मेलनमा सन्त ज्ञानदिलदास अध्ययन ग्रन्थको विमोचन र ज्ञानदिल दासको सालिक अनावरण गर्ने कार्यक्रम रहेको गाँउपालिका अध्यक्ष दिपेन्द्र खनालले इलाम सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

दुई दिन सम्म चल्ने सम्मेलनमा नेपाल र भारतका साहित्यकार, जसमनी धर्मका अनुयायीहरुलाई सन्त ज्ञानदिलदासको जन्मस्थान, ध्यान गरेको ठाउँमा भ्रमण गराउनेका साथै ज्ञानदिलदासको जीवनी बारे छलफल पत्र र कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

को हुन गुरु ज्ञानदिलदास ?

ज्ञानदिल दास जोसमनी धार्मिक-आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधार (हाल फाकफोकथुम-३) भन्ने ठाउँमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो ।

श्रीकृष्णको प्रारम्भिक शिक्षादीक्षा घरमा नै गुरुकुलीन पद्धतिबाट भएको थियो, जव उनी पाँचथर नांगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त-साहित्यका प्रकाण्ड विद्धान थिए । ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध विद्रोह गरेको पाइन्छ ।

पुरुषले एउटी श्रीमतीमाथि जतिवटा पनि विवाह गर्न पाउने, महिलाले आफ्नो श्रीमान् मरे पनि अर्काे विवाह गर्न नपाउने प्रथाको यिनी कट्टरविरोधी थिए । वेद, पुराणको निन्दा पनि गर्दैन थिए तर त्यसको मूलमर्म नबुझी अनेक प्रकारका आडम्बर रचेर दुनियाँलाई ठग्ने, धुत्ने, लुट्ने ब्राह्मण पुरोहितप्रति उनको सधैँ विद्रोह भाव थियो । ज्ञानदिल दास जोसमनी सन्त परम्पराको प्रचार-प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिलदासले जीवनको पूर्वाद्ध नेपालमा र उत्तरार्ध दार्जिलिङ र सिक्किममा बिताएका थिए ।

इलाम जिल्लाको साविक (आमचोक ५ जोरधारा टोल) हाल फाकफोकथुम गाउँपालिका वडा-३ मा जन्मिएका पश्चिम सिक्किमको गेलिङ जहाँ सन्तकवि ज्ञानदिलदास बसेर धर्म प्रचार गरेका थिए । आज तीर्थस्थल बनेको छ र त्यो गेलिङधामले प्रसिद्ध छ । यिनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले रुम्जाटारलाई केही समय मुख्यथलोको रूपमा लिएर धर्म प्रचार समेत गरे ।

उनले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोसमनी मत प्रचारको क्रममा धेरैवटा सन्तमठ वा धामको स्थापना गरेका थिए । दृष्टान्तको रूपमा गेलिङधाम, रमीधाम, रङबुलधाम आदि मठ वा धामको सगर्व नामोल्लेख गर्न सकिन्छ ।

उनले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोसमनी मत प्रचारको क्रममा धेरैवटा सन्तमठ वा धामको स्थापना गरेका थिए । दृष्टान्तको रूपमा गेलिङधाम, रमीधाम, रङबुलधाम आदि मठ वा धामको सगर्व नामोल्लेख गर्न सकिन्छ । महान् सन्तयोगी ज्ञानदिल दासको ओखलढुंगाको रुम्जाटारेमा सालिक निर्माण भएको छ । यसैगरी इलाम आमचोकको लामिछाने गाउँस्थित जोरधारा क्षेत्रमा शालिक र प्रतिमाका साथै मन्दिर पनि निर्माण भएको छ ।

जन्मस्थल आमचोकलाई प्रर्वद्धन गर्ने

ज्ञानदिल दासको जन्म स्थललाई धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले गाँउपालिकाले काम सुरु गरेको छ । गाँउपालिकाले यस स्थानको प्रर्बद्धन गर्न भारतमा समेत छलफल कार्यक्रम गरिसकेको छ । पालिकाका अध्यक्ष र सम्बन्धित वडाका अध्यक्ष सहितको टोलीले ज्ञानदिल दासको समाधी स्थल सिक्किमको गेलिङमामा गएको साउन २६ गते आयोजना गरिएको कार्यक्रममा सहभागी भएको थियो । फाकफोकथुम गाउँपालिका-३ मा जन्मिएका सन्तकवि ज्ञानदिल दासले पश्चिम सिक्किमको गेलिङमा बसेर धर्म प्रचार गरेका थिए । सिक्किम आहिले तीर्थस्थल बनेको छ र त्यो गेलिङधामले प्रसिद्ध छ ।

यता पालिकाका अध्यक्ष खनालले भारतमा गुरु ज्ञानदिल दासको धेरै चर्चा रहेको भएपनि गुरुको जन्म भुमि आमचोक भने गुमनाम जस्तै रहेकाले यसैको प्रचार गर्ने मुख्य उद्देश्य पालिकाको रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?