-मन्जिता मैनाली
हेटौंडा । मकवानपुरका एक युवक मानसिक सन्तुलन ठिक नभएको कारण खोरमा थुनिएको भनी राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको झन्डै डेढ महिना बितिसक्दा पनि सम्बन्धित निकायले उनको उद्धारमा चासो देखाएको छैन ।
मकवानपुरको मनहरी गाउँपालिका वडा न. १ मकरीका हिरालाल थिङ खोरमै थुनिएको भनी मानव अधिकार आयोगमा उजुरी परेकोमा आयोगले सम्बन्धित निकायलाई पत्राचार गरे पनि उनको उद्धार भने हुन सकेको छैन ।
हिरालाल थिङ एक वर्षदेखि खोरमा थुनिएका छन् भन्ने समाचार संचार माध्यममा आए पछि फागुन १६ गते मानव अधिकार आयोगमा उजुरी परेको आयोगले जानकारी दिएको छ ।
फागुन १६ गते एक व्यक्ति मार्फत आयोगमा उजुरी आएकोमा उनको उद्धार गर्न सोही दिन मनहरी गाउँपालिकालाई आयोगले पत्राचार गरेको मानव अधिकार अधिकृत विष्णु मिश्रले जानकारी दिनुभयो ।
चैत १ गते आयोगका कर्मचारी स्थलगत रुपमै अनुगमन गरिएको समेत उहाँले बताउनुभयो । स्थलगत अनुगमन पश्चात् रिपोर्ट बनाइ चैत १४ गते सामाजिक विकास मन्त्रालय बागमती प्रदेशलाईसमेत समस्या बारे जानकारी गराइ उद्धार गरी उपचारको व्यवस्था मिलाउन पत्राचार गरिएको उहाँले बताउनुभयो ।
दुबै सम्बन्धित निकायबाट आज सम्म कुनै प्रतिक्रिया नआएको र अझै १५ दिनमा पनि आएन भने थप प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ ।
मानव अधिकार आयोगले ध्यानाकर्षण गराउने काम मात्र गर्ने र उपचार व्यवस्था मिलाउन आयोगसंग बजेट भने नभएको बताउँदै सरकारी तहले उपचारको व्यवस्था नमिलाए आयोगले उद्धार गर्न नसक्ने बताउनुभयो । हिरालालकी आमा सुकुमाया थिङले उपचार गर्न आर्थिक स्थितिले नभ्याउँदा थुनेर राख्नु परेको गुनासो गरेको समेत अधिकृत मिश्रको भनाइ छ ।
हिरालाललाई परिवारले घर नजिकै ब्लकले बनाएको सानो खोरमा थुनेर राखेका छन् । जन्मजात नै हात खुट्टा चलाउन नसक्ने हिरालालको उपचारपछि हातखुट्टा चल्ने त भयो तर, मानसिक स्वस्थता भने ठीक हुन सकेन । मानसिक रुपमा अस्वस्थ भएका कारण उनले कुनै कपडा लाउन नमान्ने र गाउँमा उच्छृङ्खल काम गर्दै हिड्ने समस्या भएकाले बन्द कोठामा थुनेर राख्न बाध्य भएको हिरालालका बुबा भीमबहादुरले बताउनु भयो ।
मानसिक रोगी भएकै कारण बत्तीसमेत नभएको त्यो सानो कोठामा हिरालाल कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
परैबाट एक्दमै दुर्घन्ध आउने सानो कोठामा उनलाई एउटा सानो गुन्द्री ओछ्याइएको छ । उनी दिशापिसाब त्यहिँ गर्छन् । खानेकुरा पकाएर परिवारले दिने गर्छन् । बेलाबेला उनले गरेको दिशा पिसाब परिवारले सफा गरिदिने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच