बेलायतकी पूर्वराजकुमारी डायनाले चढेको गाडी लिलाममा बिक्री

हिमालय टाइम्स
Read Time = 1 min

लन्डन । बेलायतकी पूर्व राजकुमारी डायनले चढेको गाडी लिलामीमा विक्री गरिएको छ ।

डायनको मृत्युको २५औँ वार्षिकीको अवसरमा उनले चढेको फोर्ड स्कर्ट ७ लाख ३७ हजार पाउन्डमा विक्री गरिएको हो । बोलपत्र १ लाख युरोबाट सुरु भएको थियो ।

नीलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाएकी थिइन् ।

उनले शाही परिवारको भव्य रोल्स–रोयसेस र डेमलरको सट्टा आफ्नै कार राखेकी थिइन् । डायनाको ३६ वर्षको उमेरमा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?